
उदयपुर, पुस १९ गते ।
उदयपुरको बेलकामा पूर्व सुचना तथा सञ्चार मन्त्रि चढेको गाडीले ठक्कर दिदा एक बालक घाईते भएको छ ।
बेलका नगरपालिका वडा नं १ को आम्बासीमा ८ वर्षीय बालकलाई मन्त्रि चढेको गाडीले ठक्कर दिदा घाईते भएको हो ।
मदन भण्डारी लोक मार्ग अन्र्तगत बेनपा आम्बासीमा पूर्व सुचना तथा संचार मन्त्रि जय प्रकाश गुप्ता चढेको को २ च १५१९ नम्बरको बुलेरो भ्यानले दिउँसो १२ बजे बलकलाई ठक्क दिदाएकोे ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी निरीक्षक नविन कुमार सिंहले बताए ।
साईकल यात्रीलाई बचाउन खोज्दा गाडी अनिन्त्रीत भई सडक छेउको पसलमा सामान खरिद गर्न आएको बालकलाई ठक्कर दिएको प्रहरी निरीक्षक सिंहले बताए ।
घाईते बालकाको बिपि कोइराला विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । भने पुर्व मन्त्री गुप्ता प्रदेश न.ं २ बाट बिराटनगर सम्मको यात्रामा उक्त बाटो हुदै निस्केको जनाईएको छ ।