Saturday, June 20News That Matters

मलामी गएर फर्किने क्रममा लडेर एक वृद्धको मृत्यु

पूर्णपष्टि, भदौ ८

पाँचथरको फिदिम नगरपालिका– ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।