
मेलेसियामा जारी एसीसी यू – १९ प्रतियोगीतामा मेलेसियालाई पछि पार्दै नेपाल फाईनलमा प्रवेश गरेको छ । १९ वर्ष भन्दा मुनीको एसियाली पूर्वी क्षेत्रीय प्रतियोगीतामा कप्तान रोहित पौडेल र भीम सार्कीले सहज ब्याटिङ गरेपछि नेपालले आयोजक टिमलाई सात विकेटले पछिपार्दै फाईनलमा प्रवेश गरेको हो ।
मलेशियाले ४०.५ ओभरमा ८७ रनको सामान्य स्कोर बनाएको थियो भने नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउँदै लक्ष्य पूरा गरेका थिए । सुरुवाती खेलमा नेपालले लगातार तीन खेलाडी गुमाएपछि केही बेर दबाबमा परेपनि कप्तान पौडेल र सार्कीले सरल ढङ्गले ब्याटिङ गरेरपछि टिमले जित हात पारेको थियो ।
कप्तान पौडेलले ३१ रन र सार्कीले ३३ रन जोडेको थियो । दुवैले दुई चौका र एक छक्का प्रहार गरेका थिए भने पवन सर्राफले १८ रन, रित गौतमले तीन तथा खडकबहादुर बोहोरा शून्यमा आउट भएको थियो ।
फाईनल खेलमा प्रवेश गरेको नेपालले हङ्कङ र सिङ्गापुरको विजेता टिमसँग खेल खेल्ने छ ।