
रुसको एक टापु क्राइमिया नजिकको समुन्द्रमा युक्रेनका तीन नौसैनिक जहाजलाई हमला गरि नियन्त्रणमा लिएपछि दुई देश विच तनाव बढेको छ ।
युक्रेनी नौसैनिक जहाजमा हमला गर्दा चालक दलका सदस्य घाईते भएका छन् । युक्रेनी दुई वटा गनबोट र एक टग बोटलाई रुसी फौजले नियन्त्रणमा लिएको हो ।
तनाव बढे सँगै रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी जहाजहरु अवैध तरिकाले प्रवेश गरेको आरोप लगाएको छ भने दुवै देशले एक अर्कालाई दोष लगाई रहेका छन् ।
उक्त घटनालाई रुसले उद्दण्ड कार्य गरेको युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेको छ । सैनिक कानुनको प्रयोग गर्न संसदलाई आग्रह समेत गर्ने युक्रेनी राष्ट्रपति पोरोसेन्केले बताएको छ ।
कर्च स्ट्रेटमा आवगमन गर्न रुसले स्वतन्त्रतालाई कायम गर्नु पेर्ने युरोपेली युनियनले आह्वान समेत गरेका छन् । तर युक्रेनी जहाजले आफ्नो जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप रुसले लगाउदै आएको छ ।
उक्त तनावलाई तत्काल सबै पक्षले साम्य पार्न इयुले भनेको छ । रुसले सी अफ अजाभको युक्रेनी बन्दरगाहरुमा सहज रुपले आवागमन गर्नु पर्ने उत्तर एटलान्टिक सन्धि संगठन नेटोले आग्रह गरेको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बसी मस्कोलाई अन्तर्राष्ट्रिय कारबाही गर्नु पर्नेे माग युक्रेनले गरेको छ ।
सन्धि विपरीत रुसले युक्रेन भित्रिने जहाजहरुलाई नियन्त्रणमा लिएकोले सन् २००३ मा भएको मस्को र कियभ बीचको कर्च स्ट्रेट तथा सी अफ अजोभलाई साझा सागर भिनएको सन्धि उल्लघंन गरेको छ ।