
पूर्णपुष्टि/गाईघाट, फागुन २४
१०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महालक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
“आर्थिक श–शक्तिकरण सहितको सामाजिक जागरण” “ग्रामिण तथा शहरी महिलाको जिवन स्तर रुपान्तरण” भन्ने मूल नारालाई आत्मा साथ गर्दै लैंङ्गिक हिंसा न्यूनिकरण तथा बेचविखन विरुद्ध सम्बन्धमा मंगलबार बरुवाटार टोलको आफ्नै भवनमा संस्थाले अन्तरक्रिया गरेको हो ।
महिला तथा बालबालिका कार्यलयका प्रमुख निर्मला कार्किको प्रमुख अतिथिमा अन्तक्रिया कार्यक्रम भएको थियो । प्रमुख कार्कीले महिला सहकारी संगठनले महिलाहरुलाई एक बनाउने र बिशेष गरी उनिहरुमा देखा परेको मुख्य चुनौती आर्थिक समस्यालाई पनि सहज बनाउने बताउनुभयो ।
आर्थिक बचतको विकास सँगै महिलाहरुको संगठनले प्रत्येक महिलाहरुमा आफ्नो अधिकार र भोलिका थुप्रै समस्याहरु समेत चिरफार गर्न सक्ने टेवामा संगठनको भुमिका रहने कार्कीको भनाई थियो ।
उहाँले संस्थाप्रति प्रगतिको कामना गर्दै अध्यक्ष्यले मात्रै सम्भव नहुने भन्दै सम्पूर्ण सदस्यहरुले संस्थाको निम्ति सँधै मेहनत गर्न पनि अग्रह गर्नुभयो । उहाँले आफ्नो तर्फ बाट पनि हुने र मिल्ले सवैखाले सयोग संस्थाको लागि गर्ने प्रतिबद्धता समेत राख्नुभएको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष्य गिता रेग्मीले महिलाहरुको सामाजिक र आर्थिक उन्नतिको लागि संगठानिक सहकारी संस्थाहरुको आवश्यक रहेको बताउनुभयो । उहाँले महिला सहकारी संस्थाले महिलाहरुलाहरुलाई बचतको विकासमा मात्रै नभई जनचेतना र नेतृत्व पंक्तिको क्षेत्रमा समेत टेवा पुराउने बताउनुभयो ।
महिला सहकारी संगठनले आर्थिक विकासको पाटोलाई मात्रै सफल बनाउदैन महिला तथा पुरुषहरुलाई बिभिन्न क्षेत्रमा दक्ष बनाई रोजगारको विकास सँगै गाउँटोल नै रोजगारीको नमुना बनाई आर्थिक विकासको मुहान फुटाउने शक्ति समेत संगठनमा रहेकाले महिलाहरुको सहकारी संगठनको आवश्यकमा जोड दिनु भयो ।
महालक्ष्मी महिला बहुदेश्यीय सहकारी संस्था अहिले त्यसैको उदाहरणको निम्ति अगाडी बढिरहेको छ रेग्मीले भन्नुभयो । यसमा सम्पूर्ण आम सदस्यहरुको ठुलो सहयोग र अन्य सम्बन्धित निकायहरु संञ्चार माध्यहरुको पनि सहयोगको आवश्यक रहने रेग्मीले बताउनुभयो । नेपाल सरकारको महिला विकासा अन्तर्गत सञ्चालित यो संस्था नगरपालिका स्थित ११, १२, र १३ गरि ३ ओटा वडाहरुमा सञ्चालित रहेको छ । भने ६ सय ८५ जना सदस्यहरु रहेको छ ।
संस्थामा बचत गर्ने र सदस्यहरुलाई पशुपालन, व्यापार, कृषि, घरेलु खाद्यन्न उत्पादन र बिभिन्न किसिमको महिला क्षमता बृद्धि तालिमहरुको व्यवस्थामा सहज बनाउदै आईरहेको र ऋण ब्यवस्थामा पनि सहज भईरहेको सदस्यहरुले बताउनुभयो ।
महिला तथा बालबालिका कार्यलय, ओरेक शाखा उदयपुरको सहयोग र महालक्ष्मी महिला बहुद्देश्यीय सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यलयका प्रमुख निर्मला कार्की, संस्थाकी अध्यक्ष्य गिता रेग्मी, ११ नम्वर वडा अध्यक्ष बिश्वराज भट्राई, लगाएतको उपस्थिति रहेको थियो ।