Sunday, May 17News That Matters

महिला कानुन व्यवसायीले भागरथी हत्यारालाई शीग्र कानुनी दायरामा ल्याउन माग गरे

पूर्णपुष्टि,फागुन ४

महिला कानुन व्यवसायीले भागरथी हत्यारालाई शीग्र कानुनी दायरामा ल्याउन माग गरेको छ । बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपाल बार एशोसिएसन महिला समितिले वक्तव्य जारी गर्दै कानुनको उचित कार्यान्वय गर्न सरकार चुक्दै जाँदा बलात्कार र हत्याका घटनाले अवसर पाउने भन्दै अपराधीलाई राजनीतिक संरक्षण दिनेलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा वक्तव्य जारी गर्दै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री ध्यानाकर्षण गराएका हुन् ।

वक्तव्यमा भनिएको छ,’अपराधी र उसलाई जोगाउन खोज्ने समाज तथा बलात्कारीलाई राजनीतिक संरक्षण दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन राज्य संयन्त्र दह्रो र निष्पक्ष हुनुपर्छ ।’

साथै, राज्य आफ्नो दायित्वप्रति जिम्मेवार र जवाफदेही हुन नसकेर देशमा बलात्कारीको मनोबल बढिरहेको ठहर गर्दै समितिले सरकार र राज्य संयन्त्रमाथिको नागरिकको विश्वास र भरोसा घटिरहकोप्रति आपत्ति जनाएको छ ।