Thursday, April 24News That Matters

महिला भेलाको १४ बुदे घोषणा पत्र जारी

उदयपुर, जेष्ठ १५ गते । 

श्रम र पहिचानमा महिलाको अधिकार, गणतान्त्रिक नेपालको मूल आधार भन्ने मूल नाराका साथ प्रथम उदयपुर महिला जिल्ला भेलाले १४ बुदे घोषण पत्र जारी गरेको छ ।

मूल आयोजक समितिको आयोजनामा भएका दुई दिने भेलाले उक्त घोषणा पत्र जारी गरेको मंलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

दुई दिने भेलामा जिल्लाका आठै स्थानीय तहका महिला जनप्रतिनिधी र मानव तथा महिला अभियानकर्मी महिलाहरुको भेलाले घोषणा पत्र जारी गरको मुल आयोजक समितिले जनाएको छ ।

स्थानिय सरकारका सबै सरचनाहरुमा लैँगिक समानता नीति बनाई लागु गर्ने लैँगिक मैत्री कार्ययोजना तथा लैँगिक उत्तरदायी बजेट विनियोजन तथा कार्यन्वयनका लागि पहल गर्ने । लैँगिक हिंसा निवारण कोष, मानव बेचविखन राहत कोष, एकल महिला सुरक्षा कोष, बाल संरक्षण कोष, जेष्ठ नागरिकको स्वास्थ्य विमा कुराहरुलाई समन्वयात्मक रुपमा स्थानिय तहमा कोष स्थापना, व्यावस्थापन तथा प्रभावकारी रुपमा परिचालन गर्ने ।

आर्थिक, सामाजिक र राजनैतिक ऐन कानुन कार्यन्वयन, समान सहभागिताको सुुनिश्चितता, स्वास्थ्य अधिकार, पैत्तृकि सम्पती माथी हक, बालमैत्री, उद्यमशिलता विकास, सिपको आधुनिकिकरण,  बाल विवाह जातिय विभेद लैँगिक हिंसा मुक्त नमुना बस्ती वडा घोषण जस्ता बुदाहरु घोषणा पत्रमा जारी भएको छ ।

घोषणा पत्रले विकासको समृद्धिलाई ठुलो टेवा पु¥याउने उद्देश्यका साथ भेला र घोषणा पत्र जारी गरिएको मुल आयोजक समितिको संयोजक तथा जिल्ला समन्वयन समितिका उपप्रमुख गंगा राईले बताईन् ।