Sunday, June 28News That Matters

महिला युरो कप २०२२ को जुलाई हुने

पूर्णपुष्टि, बैशाख १० गते ।

महिला युरो कप एक वर्ष पछि सरेको छ । युरोपेली फुटबल महासंघको नियमित क्यालेण्डर अनुसार २०२१ को जुलाई महिनामा हुनु पर्ने महिला युरो कप एक वर्षपछि सरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो ।

महिला युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुने जनाईएको छ । महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् ।