Sunday, June 15News That Matters

महिला सहिदको सम्झनामा दिप प्रज्वलन

उदयपुर, मंसिर २१ गते ।

उदयपुरमा महिला सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।

गाईघाटको पिपल चोकमा विहिबार साँझ दिप प्रज्वलन गरि १६ दिने अभियानलाई निरन्तरता दिईएको हो ।

एकल महिला संजाल उदयपुरको आयोजनामा २६ औँ अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने भियानलाई निरन्तरता दिदै देशको लागि बलिदान दिएका महिला सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको एकल महिला संजाल उदयपुरको अध्यक्ष शोभा दाहालले बताईन् ।

अंग्रेज नेपालको युद्ध देखि १० वर्षे जन युद्धमा समेत राष्ट्र र जनताका लागि बलिदान दिएका महिला सहिदहरुको सम्झना तथा सम्मानका लागि दिप प्रज्वलन गरिएको दाहालले बताईन् ।

१६ दिने अभियानको १२ आँै दिन नेपाल तथा विश्वभरकै महिला सहिदहरुको सम्झना स्वरुप दिप प्रज्वलन गरिएको दाहालले बताईन् ।