
उदयपुर, मंसिर २८ गते ।
उदयपुरमा संचालित उद्यौगिक महोत्सवमा तेह्रथुमे किवीले विशेष स्थान पाएको छ
मंसिर २० देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घरेलु औद्योगिक महोत्सवमा नयाँ फलको रुपमा किवीले विशेष स्थान पाएको हो ।
नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ ।
फलहरुको राजा भनेर चिनिने किवी स्वास्थ्य वर्धक, लाभदायक भएपनि नेपालीले अझै खान जानेको छैन । नेपालमा पछिल्लो समयमा आएर नयाँ फलको नामले परिचित स्वाथ्य वर्धक फल किवीलाई अझै पनि नेपाली समाजले निन्न सकिराखेको छैन ।
किवीलाई दैनिक रुपमा खानाले क्यान्सर, डाइबिटिज, बाथ, मुटुरोग लगायतका विभिन्न रोगहरु निको पार्नुका साथै रोग लाग्न नदिने गर्दछ । तर नेपाली समुदायका मानिसहरुले किवीको विशेषता अझै बुझ्न सकिराखेको् छैन । के फल हो ? कस्तो फल हो ? कसरी खाने भन्ने बारेमा अधिकांश मानिसहरु अनविज्ञ रहेको महोत्सवका किवी व्यापारी डिल्लिराम पोखरेलले बताए ।
उनले भने उदयपुरका अधिकांश मानिसहरुले किविको बारेमा केहि थाहा नभएको रहेछन् । कतिपयले त सोध्ने अनि आश्चर्यमानेर जाने गर्दछ । कतिपयले त आलु हो ? भुँईमा फल्ने चिज हो ? यो फल हो र ? यस्लाई खानु मिल्छ र ? यो खाँदा मरिदैन जस्ता प्रश्न गर्ने धेरै आए तर किवीलाई चिन्ने मानिसहरुले भने फलफुलहरुको राजा पो रैछ भन्दै किन्ने गरको पोखरेलले बताए ।
महोत्सवले गर्दा उदयपुरमा पहिलो पटक आईपुगेका पोखरलले भने पूर्व तिरको बजार र काठमाण्डौ, पोखरामा किवी किन्नेको घुँईचो लाग्ने गर्छ । याहाको अधिकांशले किवीलाई चिनेकै रहेनछ उनले भने । यसको महात्व बुझ्ने हो भने अमृत सम्मान नै हो ।
नेपालको अधिकांश भुभागमा फल्न सक्ने भएपनि किवीलाई नचिन्दा र यसको महत्व नबुझ्दा खासै व्यावसायीक रुपमा खेती गर्ने व्यावसायीहरु पाउन सकिदैन ।