उदयपुर, मंसिर २९ गते ।
नव पिढीहरुले नचिनेका सुन्दै अचम्म लाग्ने लाभदाय नौलो कपडाको रुपमा अल्लोले महोत्सवमा विशेष स्थान पाएको छ ।
उदयपपुरमा संचालित १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घरेलु औद्योगिक महोत्सवमा विशेष स्थानका साथ नौलो कपडाको रुपमा स्थान पाएको हो ।
नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ मंसिर २० देखि २९ गते सम्म लाग्ने महोत्सव संचालन भई रहेको छ ।
अधिकांश पहाडी भेगका बन जंगलमा पाईने अल्लो सिस्नु आजको समाजले अझै चिन्न सकिराखेको छैन । परापूर्वकाल देखि नै विभिन्न जात जातीले अल्लोको धागो बनाई कपडा बनाएर लगाउदै आएपनि नव पुस्तालाई भने आश्चर्य लाग्ने गरेको पाईन्छ । तर हाम्रो पूर्खाहरुले पहिलो पटक त्यहि अल्लोको कपडा बनाएर लगाउने गरेको गाउँघरका बुढापाकाहरु बताउछन् ।
महोत्सवमा नयाँ तथा आकर्षणको विन्दु बनेको अल्लो सिस्नुको कपडा खासै विक्री वितरणमा भने आएको पाईदैन । स्वास्थ्यको लागि लाभदायक भएपनि नयाँ पुस्ताहरुले नचिन्नाले खरिद विक्री हुन नसकेको अल्लो कपडा व्यावसायी नरेन्द्र कुलुङ राईले बताए । अधिकांश महोत्सवमा आउने मानिसहरुले के को कपडा भनेर सोध्छ अल्लो सिस्नुको भन्ने वितिकै आश्चर्य मानेर अल्लोको पनि कपडा हुन्छ र भन्ने गरेको राईले बताए ।
राईले भने यस अल्लोको कपडा सँग जातिय पहिचान लुकेको छ । हाम्रो पुर्खाहरुले यसको कपडा बनाएर लगाउदै आएको थियो । तर विभिन्न आयातित कपडाहरुले गर्दा यसको महत्व हराउदै गएको उनले बताए । मैले यहाँ विक्रि वितरण गर्नु भन्दा पनि अल्लो कपडाको प्रबद्धन गर्न आएको हुँ । अल्लोका विशेषता र महत्व बुझेकोले मात्रै कपडा खरिद गर्ने गरेको राईले बताए ।
समयाअनुकुल विकसित हुदै जादा अल्लो छाडेर कपासमा प्रवेश गरे सँगै अल्छे भएर बाहिरी देशबाट आउने रेडिमेट कपडामा निर्भर भएकोले केहि वर्ष अघि सम्म धान बोक्न धोक्रो र माछा मार्ने जालको रुपमा मात्रै प्रयोग गर्दै आएको राईले बताए ।
अल्लोको कपडा प्रयोग गर्नाले छाला सम्बन्धि रोगहरु नलाग्ने र लागेको निको हुने, प्रेसर, मुटु लगायतका विभिन्न रोगको रोकथाम तथा नियन्त्रण गर्ने राईले बताए । मोत्सवमा अल्लोको टोपी देखि कोट सम्मको कपडा राखेको राईले बताए ।
धेरै गुणयुक्त भएपनी यसलाई कपडा बनाउन निकै मिहनेत गर्नु पर्ने राईको भनाईछ । अल्लोको लोक्ता निकाल्ने उपयुक्त सयम भनेको मंसिर महिना हो । लोक्ता निकाली खरानी सँग उसिनेर पकाई खोलामा लगी एक एक धुएर कमेरोमा भिजाई सुकाएर कमेरो झारेपछि बल्ल धागोको लागि तयार हुने राईले बताए । तर जति झन्झटिलो भएपनि उतिनै लाभदायक रहेको राईले बताए ।
विभिन्न रेडिमेट कपडा जस्तो नभएको अल्लो जाडोमा न्यानो बनाउने र गर्मीमा सितल बनाउने काम गर्र्दछ । जुन मौसम अनुसार शरिरलाई चाहिने तापक्रम अनुकुलता मिलाउने काम पनि गर्ने राईले बताए ।