उदयपुर, मंसिर २१ गते ।
उदयपुरमा संचालित महोत्सवमा मौलिक परिकारको रुपमा घुँगीले विषेश महत्व पाएको छ ।
गाईघाटमा विहिबार देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घरेलु औद्योगिक महोत्सवमा मौलिक परिकारको रुपमा विशेष महत्व हो ।
नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ ।
महोत्सवमा साना उद्योगका उद्यमीहरुले उत्पादन गरेको बस्तु र विभिन्न जातजातिको मौलिक परिकारको स्टलहरु रहेको नेपाल घरेलु साना उद्योग उदयपुरको अध्यक्ष मधुकर थापाले बताए । मौलिक परिकारको रुपमा थारु जातिको परिकार घुँगीले महोत्सवमा विशेषता पाएको थापाले बताए ।
साना उद्यमीहरुले उत्पादन गरेको तितेकरेलाको सुकुटी , च्याउ, जमराको जुस, खरायोको मासु लगायत खाद्यन र हेर्नकोलागि अष्ट्रिज समेत स्टलमा राखीएको छ । हातले बुनेको खाँडी, ढाका, अल्लो लगायतको विभिन्न लत्ताकपडा देखि बाँसको विभिन्न सामान र मौलिक बाजा विनायो समेत स्टलमा राखिएको थापाले बताए ।
महोत्सवमा साना उद्यमीहरुलाई विशेष प्राथमिकताको साथ स्टलहरु उपलब्ध गराएको र मौलिक परिकारमा पनि अर्गानीक बस्तुलाई विशेषताका साथ राखिएको आयोजकले जनाएको छ । महोत्सवलाई आर्कषक बनाउन मौलिक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थापाले बताए । भने विभिन्न टिमको राष्ट्रि कलाकारहरुको प्रस्तुती पनि रहने थापाले बताए ।
प्रतिभाको खोजि गर्ने उद्देश्यले विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना पनि गरिएको थापाले बताए । प्रतियोगीताको लागि जिल्लाको ३० वटा विद्यालयबाट सहभागिता जनाईने भएको छ । शुक्रबार देखि सुरु भई मंसिर २८ गते फाईनल छनोट हुने थापाले बताए ।
महोत्सव लगाउन प्रशासनबाट ढिलोे अनुमति पाएकोेले प्रचार प्रसार गर्न नपाएको कारण सवै जिल्लाका उद्यमीहरु आउन नसकेको र उद्यमीहरुले सामान समेत तयार पार्न नभ्याएको थापाले बताए ।