
पूर्णपुष्टि, पौष १०
प्रचण्ड र नेपाल समूह आज माईतीघर मण्डला स्थित प्रदर्शनमा उत्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रति आपत्ति जनाउँदै दुवै समूहले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । उनिहरु हामि यहाँ छौ, भन्ने कालो व्यानरका साथ प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनमा सहभागीहरूले ’प्रतिनिधि सभा विघटन खारेज गर’, ’संवैधानिक कू मान्दैनौं’जस्ता नारा लगाएका छन् ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन् ।
शुक्रबार बिहान ९ः३० बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन् ।
