
पूर्णपुष्टि/उदयपुर, बैसाख १० गते
-चैत २४ गतेदेखि सञ्चालन गरेको माओवादी मजदुर पार्टीको एक महिने प्रचार अभियान आज पुरा भएको जनाएको छ ।
पार्टीले सोमबार विज्ञप्ती जारी गर्दै उदयपुर, खोटाङ र ओखलढुंगामा अभियान सञ्चालन गरिएको जनाएको छ ।
अभियानको क्रममा ती जिल्लाहरुमा नारा भित्तेलेखन, पम्प्लेट, अपिल वितरणसंगै संगठन विस्तारसमेत गरेको जनाइएको छ ।
पार्टीका केन्द्रिय महासचिव हिमालसिंह राई र अभियान टोली केन्द्रिय संगठन विभागका नरबहादुर तामाङको अगुवाईमा अभियान सञ्चालन गरी आइतबार पुरा भएको घोषणा गरेको हो ।