Friday, February 7News That Matters

माओ जयन्ती ठिक कि, पृथ्वी जयन्ती ठिक ?

(नीजि विचार)

हिमालसिं राई ।

नेपालमा सानो समूहले मात्र पृथ्वी जयन्ती मनाएको पाइयो । जबरजस्ती सरकारी कर्मचारीबाट पृथ्वी जयन्ती मनाएको देखिन्छ । पार्टीहरुमा पनि चासो देखिएन । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट राष्ट्रभरी सरकारी कार्यालय बन्द गराएर पृथ्वी जयन्ती त मनाउन थाले तर जनता सचेत र शिक्षित भएकोले अब चासो हराउन थालेको देखियो ।

२०७४ साल पुष २७ गते पृथ्वी जयन्ती मनाइएको थियो । म पनि यसो को को राष्ट्रपिता भनेर मान्दा रहेछन् भनेर वैठकमा निस्कें । पार्टीको कोही थिएन । जिल्ला प्रशसन प्रमुख र एसपी नवराज भट्ट र सैनिक प्रमुख र गैरसरकारी संस्थाका केही कर्मचारी प्रमुख पनि सबै होइनन् । पार्टी मध्यबाट नयाँ शक्तिका भैरव श्रेष्ठ र म थियौँ । मलाई चासो थिएन । तर साँच्चै नै पृथ्वीनारायण शाहलाई अझै मान्छन् त भनेर अध्ययन गर्न र हेर्न गएको थिएँ । कार्यक्रम सुरु भयो । यसो अनौपचारिक जस्तो भयो । पृथ्वीनाराण शाहका फोटो त राखे । त्यसपछि माल्यार्पणचाहिँ जिल्ला प्रमुखले गरे । पार्टीबाट मैल भनें भैरव तपाईँ बोल्नुहोस् भनेर भनें । पछि उहाँ बोल्नुभयो । आफ्नो कुरा छोटो राखे । त्यसपछि अन्तिम भनी जिल्ला प्रशासन कार्यालयका प्रमुखले बोले । जतिवटा बुट्टा भरे पनि यही हामी उभिएर पृथ्वीनारायण शाहले एकीकरण गरेको राष्ट्रमा बसेका छौँ भनेर भनियो । थोरै जातीय साँस्कृतिक विषयमा छुवाएर मात्र बोल्ने काम भयो । तर प्रष्ट भएन । आदिवासीहरुको यो हालत कसले गर्यो ? त्यो प्रष्ट पार्न चहेन प्रशासन प्रमुखले र एकजना कर्मचारी हाकिम महिला, बालबालिका कार्यालय प्रमुखलेचाहीँ कविता लेखेकी रहेछन् । त्यो पनि पृथ्वीनारायाण शाह नै सर्वेसवा भन्ने आभाष थियो । त्यसपछि कार्यक्रम विर्सजन भएपछि सामूहिक फोटो खिच्ने सूचना आयो संचालकबाट । म झरेपछि शायद फोटो खिच्यो होला । मलाई चासो लागेन । म बजार डेरामा आएँ ।

म यूग अनुसार चल्ने मान्छे हुँ । यूगले पछाडि पारेपछि जस्तो संसार खाने शक्ति पनि मासिन्छ । त्यसैले मासिएको नासिएको नाइके पृथ्वीनारायण शाहको जयन्ती मान्दा देश एकता हुने, नमान्दा नहुने होइन । र पृथ्वीनारायण शाहकोे सामन्ती शैली तरिकाको शिक्षा थियो । व्यक्ति पूजक, वंश पुजक वा शिक्षा व्यक्तिका र वंशको हितमा पढाइको च्याप्टर राखिन्थ्यो । महेन्द्रमाला पुस्तकको नाम लेखिन्थ्यो । यो विज्ञान भित्र पर्दैन । एकीकरण वास्तवमा भूगोल मात्रै गर्यो । आफ्नो वंश सधैँ नेतृत्वमा रहने उद्देश्यले एकीकरण गर्यो । तर त्यहाँको विभिन्न जातजातिहरुको संस्कृति, भाषा, धर्म, इतिहास सबै नामेट पारे । देशविहीन पारे, ध्वस्त पारे । जसको भाषा, धर्म, इतिहास, संस्कार मर्यो । सर्वश्व गुम्यो । सामान्य जिवित रहन अब कति सय वर्ष लाग्ने हो । यसको दोष तिनै पृथ्वीनारायण शाहलाई जान्छ । इतिहास र संस्कृति विनाको माटो र आफ्नो देश हुँदैन । भूगोल त हारे पनि अर्को युगमा फर्काउन सकिन्छ तर सभ्यता र संस्कृति भनेको हिन्दू धर्म महाभारत मात्रै होइन होला । आज पृथ्वीनारायण शाहलाई सम्झने ठाउँ यो देशभित्रको आदिवासीलाई छैन । केही वंशावलीवादी हिन्दू अतिवादीहरुलाई छ । भावनाको एकता वैज्ञानिक होइन । विवेकको एकता चाहिन्छ । संसारमा विभिन्न कालखण्ड मध्य कतिपय सभ्यता र संस्कृतिको आमहत्या भएको उदाहरण पनि छन् । कतै हतियारले, कतै उपनिवेश बनाएर कतै भित्रभित्र लोभलालचमा पारेर सभ्यता र संस्कृति, भाषा र लिपि समाप्त पारिएको छन् । भनिन्छ लडाईँमा हारेका जमिन अर्को पुस्ताले फर्काउन सक्छ तर सांस्कृतिक रुपमा पराजित भइयो भने सधैँको लागि सर्वश्व गुम्छ । त्यसैले पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेको विषय भन्ने ठाउँ छैन ।

अब प्रसङ्ग जोडौं, माओ न राजा न सामन्त जमिनदार थिएँ । जमिनदारी प्रथा भनेको जमिनका मालिक त्यस्तै पृथवीनारायण शाह जमिनको मालिक मात्र हो । मेचीदेखि महाकालीसम्मको सबै रैतीलाई दास बनायो । ऊ बसेर खाए । नेपाली कुत कर असुलेर खाए । दरबार बनाए भने, माओको दरबार थिएन । पूख्र्यौली घर थिएन । तर माओ मात्रै थिए । माओ दिवस मनाउनुपर्ने प्रश्न यो छ । माओ शासक जातिका हुन् । त्यहाँ ७० प्रतिशत हान जातीहरुले अन्य ५० प्रतिशत जातिमाथि शासन गरेको थियो । हान जातिलाई पाल्नु पर्ने थियो । त्यसरी हान शासक परिवारबाट जन्मेको माओ किन वंशवादी भएनन् । भन्दा माओ कम्युनिष्ट दृष्टिकोणबाट उदाए । कम्युनिष्ट दृष्टिकोणभित्र व्यक्तिपूजक हुँदैन । त्यहाँ माक्र्सवादी विज्ञानसँग जोडियो । माओले त्यहाँका पूँजीवादी रुढीवादी शक्तिहरुका कारण शोषित, पीडित जनतालाई मुक्त गरे । १९४९ मा क्रान्ति सम्पन्न गरे । त्यसपछि आधुनिक सिँढीमा चढ्दै आज संसारको धनी देश बनाउनमा पहाड पन्छाए । आज विश्वका गरिब देशहरुलाई शिक्षा, प्रेरणा दिइरहेका कारण माओ जन्मेको दिन विश्वमा माओको योगदान सम्झेर बाटो सम्झेर माओ दिवस मनाउँछन् । फेरि माओ वंशावली शासक थिएनन् । सामूहिक स्वार्थको लागि शासक थिए । उनले आफ्नो वंश एक छोरा जनताको लागि वली चढाए । उत्तर कोरियाका जनताको मुक्त पार्न लड्न पठाउँदा शहिद भए । नेपालका लागि एकीकरणको नाममा आदिवासीहरु हतियारको शिकार भए । कयौँको नाक, कान काटियो ।

त्यसैले माओको योगदान सबै मानव भएर बाँच्न पाउने अधिकारसंग सम्बन्धीत छ भने जमिनदारको निम्ति हितहेर्ने पृथ्वीनारायण शाहको जयन्ती अव पनि मनाईरहन म खासै उचित देख्दिन ।
लेखक : माओवादी मजदुर पार्टीका केन्द्रीय महासचिव हुनुहुन्छ ।