
उदयपुर, माघ २७ गते ।
समयमै पानि परेपछि उदयपुरका कृषकहरु सहि समयमा पानी परेको भन्दै हर्षीत भएका छन् ।
जलवायु परिर्वतनका कारण समयमा पानी नपर्नाले बाली नाली लगाउनमा आउने समस्या माघे पानीले हटाएको भन्दै कृषकहरु हर्षीत भएका हुन् ।
समयमै पानी परेपछि जिल्लाकै विकट गाउँपालिका लिम्चुङ्बुङ, रौतामाई, ताप्ली लगायतका गाउँपालिका र नगरपालीकाका कृषकहरु हर्षीत भएको हो ।
उच्च पहाडी भेगमा फागुनको दोस्रो सातादेखी मकै छर्न सुरु गरिने भएकाले गत वर्षहरुमा पानी नपर्ने समस्याले सताउँदै आएको थियो । तर यसपाली भने माघमा पानी परेपछि जमिन राम्रो सँग भिज्न पाएको छ । करिब ५ महिना पछि परेको पानीले कृष बालीलार्ई अति राम्रो गरेको कृषकहरु बताउँछन् ।
पहिले पहिले कम्तिमा पनि एक पटक महिनामा माटो गलुन्जेले पानी पथ्र्यो । तर आज भोलि वर्षायाममा पनि प¥याप्त पानी नपरि खडेरी लाग्नाले अन्नबाली उब्जाउमा समस्या आउँदै गएको बुढापाकाहरु बताउँछन् । समय सकिएको हो । या समय नै यस्तै हो । प्रत्येक महिना कम्तिमा एक पटक मजाले पानी पर्ने भएकाले प्रयाप्त घाँस हुने र जंगल पनि हरियाली हुथ्यो लिम्चुङ्बुङ गाउँपालिकाको ७५ वर्षीय लोक बहादुर राईले बताए ।
समयमा पानी परेपछि गाई, वस्तुलाई प्रसस्त घास पलाउँथ्यो । पाखो बारीमा भएपनि अन्न बाली राम्रो हुन्थ्यो । गाई वस्तुको मल प्रयोग गरेर अन्न उब्जाउँथ्यो । तर जलवायु परिवर्तनका कारण प्रयाप्त र समयमा पानी नपर्ने समस्याले गर्दा कतिपय ठाउँमा त गाउँ नै छाड्नु पर्ने समस्या आएको राईले बताए ।
जंगलमा प्रसस्त घाँस भयो भने गाई वस्तुलाई खुवाउन, चराउन पाईन्छ । त्यसको गोबरको मलबाट नै अन्न उब्जने हो राईले बताए । पानी नपरी खडेरी लागेपछि न त घाँस नै हुन्छ न त अन्नबाली नै राईले बताए ।
जलबायु परिवर्तनका कारण समयमा पानी नपर्नाले कतिपय गाउँघरका कृषकहरु गाउँ नै छाडेर तराई या सहर तिर बसाईसराई सरेर जाने समस्या बढ्दै गएको पाईन्छ । गाउँघरमा उत्पादन हुने मकै, कोदो, फापर लगायतका अन्नबालीहरु खडेरीले बेट नै मर्ने, राम्रो नफल्ने, फलेका फलमा किरा लाग्ने जस्ता समस्याले गर्दा गाउँघरको कृषकहरु बसाईसरेर जाने प्रवृति बढ्दै गएको मोहन राईले बताए ।
यस पानीले फागुने मकैलाई काम दियो । वनमा घास पनि पलाउने भयो । तर चैत्रमा पनि यतिको पानी पर्नु पर्ने राईले बताए । माघमा पानी नपरेको झण्डै एक दशक नै भएको थियो । तर यसपाली पानी प¥यो यसरीनै पानी पर्दै जाने हो भने राम्रो उत्पादन हुने राईले बताए ।
एक दशक पछि उच्च पहाडी भेगमा हिउ परेको छ । भने माटो जिज्ने गरि पानी पनि परेको छ । जिल्लाकै उच्च ठाउँ रौतामाई र लिम्चुङ्बुङको डाँडाकाडा समेत हिउँ परेको छ । छिकेकी जिल्लाहरुको उच्च पहाडी भेगमा एक दशक पछि मात्रै हिउ परेको स्थानिय बासीहरु बताउँछन् ।