
पूर्णपुष्टि, बैशाख २१ गते ।
माछापुच्छ्रे बैँक लिमिटेड गाईघाट शाखाले विपन्न मुसहर परिवारलाई राहत वितरण गरेको छ । त्रियुगा नगरपालिका–१२ का विपन्न मुहर ५० घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको हो ।
चामल २० केजी, दाल १ केजी, नुन १ केजी र खाने तेल १ लिटरका दरले ५० घरपरिवारलाई खाद्यान्न सहयोग स्वरुप वितरण गरेको बैैकले जनाएको छ ।
लकडाउनको समयमा विपन्न परिवारलाई खाद्य वस्तुको कमी हुन नदिन र भोकमरीबाट बचाउने उद्देश्यका साथ बैँकले राहत रुवरुप सहयोग गरेको जनाएको छ ।

