Thursday, June 18News That Matters

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ १०

झापा अर्जुनधारा नगरपालिका–११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको ज्यान गएको छ । स्थानका ३८ वर्षीय धनेन्द्र तामाङको माछा मार्ने क्रममा ज्यान गएको हो ।

आईतबार बेलुका साढे ४ बजे साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी  विएन्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ ज्यान गएको हो ।

घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसँग गएका साथीहरु सोही स्थानका ३८ वर्षीय  दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।