Friday, February 7News That Matters

माटोको ढिस्कोले पुरीदा १ को मृत्यु २ घाइते

उदयपुर, चैत्र १६ गते ।

उदयपुरको सिरवानीमा माटोको ढिस्कोले पुरीदा एक को मृत्यु दुई जना घाईते भएको छ ।

कटारी नगरपालिका–११ सिरवानीमा हाई स्टेशन पोलको खाल्टो खन्दा माटोको ढिस्कोले पुरीदा एकको मृत्यु दुई जना घाईते भएको हो ।

सोलु करिडरको ३२ केवी प्रशारण लाईनको हाई स्टेशन फलामे पोल गाड्न खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएको प्रहरीले जनाएको छ । प्रशारण लाईनको हाई स्टेशन पोलका ठेक्का आरडी ग्रूपले लिएको छ । उनिहरु यस कम्पिनीमै काम गर्दै आएका थिए ।

कनपा–११ सिरवानी निबासी २८ वर्षीय लिलबहादुर विकको घटना स्थलमै मृत्यु भएको थियो । सिरवानी निबासी ३० वर्षीय तेजबहादुर विक गम्भिर घाइेते भएको छ । भने कनपा–१० निबासी सुर्यप्रसाद खनाल सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घाइतेहरुलाई कटारी अस्पतालमा उपचार भईरहेको छ । भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।