Sunday, February 16News That Matters

मानवअधिकार सुनिश्चितताका लागि आर्थिक पंक्ष वलियो आवश्यक

पूर्णपुष्टि/कात्तिक २३ गते ।

गाईघाट–आर्थिक पंक्ष बलियो भएमात्र व्यक्तिका मानवअधिकार सुनिश्चित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय धनुषाले बिहीबार सदरमु्काम गाईघाटमा आयोजना गरेको उदयपुरमा मानवअधिकारको प्राथामिकता निर्धारण बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जवसम्म आर्थिक पंक्ष वलियो हुँदैन तबसम्म मानवअधिकारका सवालले प्राथमिकता नपाउने धारणा राखे ।

उनीहरुले व्यक्ति आर्थिक पंक्षमा समृद्ध नबन्दा अधिकारका लडाई हुने, हिंसाका घटना बढ्ने, वेराजगारका समस्या बढ्ने र उसले फुर्सदिलो समयमा नराम्रा कुराको पाठ लिने र सिक्ने गरेकोले आर्थिक समृद्धीको बाटोमा अगाडी बढ्नु पर्ने सुझाब दिए ।

सहभागिहरुले आयोगले आगामी दिनमा कामहरु गर्दा सबैभन्दा पहिला आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा काम गर्न सुझाब दिएका हुन् । त्यसैगरी महिला, बालअधिकार, नागरिक तथा राजनीतिक अधिकार र सामुहिक तथा विविध अधिकारको सवालमा क्रमश प्राथामिकतामा राखेर काम गर्न सुझाब दिएका हुन् ।

उनीहरुले आर्थिक पंक्ष मजवुद नभएकैकारण बालअधिकार, राजनीतिक अधिकार र अन्य अधिकारहरु कार्यान्वयनमा नआएको बताए । उनीहरुले महिला तथा बालबालिका निर्णायक तहमा पुग्न नसक्दा नीति नियम बन्न नसक्नु, बनेका कानुन पनि कार्यान्वन तह फितलो हुनु जस्ता समस्या रहेको बताएका थिए ।