Wednesday, May 6News That Matters

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अन्तक्रिया

उदयपुर/भदौ, १९

१३ औँ राष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा गाईघाटमा अन्तिक्रिया कार्यक्रम भएको छ । पछिल्लो समय बिभिन्न किसिमबाट बढ्दो मानव बेचबिखन भइरहेको भन्दै बिभिन्न सम्बन्धित निकायहरु सँग दिवसको अवसर पारी छलफल तथा अन्तक्रिया गरेको हो ।

जिल्ला प्रहरी कार्यलय उदयपुरको आयोजना तथा ओरेक नेपालको सहकार्यमा बिहिबार जिल्ला समन्वय समितिको हलमा यस सम्बन्धी व्यापक छलफल तथा अन्र्तक्रिया गरिएको छ ।

उदयपुरमा मानव बेचबिखनको घटना एकदम कम मात्रामा रहेपनि आधुनिक दासत्वको रुपमा बिभिन्न ठाउँहरुमा यसको बढ्दो स्थिति देखिएको अन्तक्रियामा छलफल भएको छ । ३ बर्षमा जम्मा ६ ओटा मात्र मानव बेचविखनको घटनाको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय उदयपुरको तथ्याङले देखाएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार घटनाहरु प्रसस्तै हुन सक्ने भएपनि बिभिन्न कारणले मुद्धा दर्तामा भने कम मात्रामा आउने गरेको बताएको छ ।

कतिपय पिडितहरुले आफुलाई कम्जोरी महसुस गर्ने, कम प्रमाण जुटाउने, परिवार समाजमा बेइजत हुने डरले पनि यस घटनालाई लुकाउने गरेको प्रहरीले बताएको छ । मुद्धा दर्तै गरे पनि आफुले जित्न नसक्ने र उसले नै जित्ने भन्ने मानसिकताले पनि यस घटना लुकेको प्रहरीको भनाई छ । यसरी उदयपुरमा प्रत्यक्ष मानव बेचविखनको घटनाहरु कम भएता पनि आधुनिक दासत्वमा मानव बेचविखनहरु भने प्रसस्तै रहेको उपस्थितिहरुको भनाई छ ।

गाईघाट बजार मै पनि होटल, उद्योग, ग्यारेज, पसलहरुमा प्रसस्तै बालबालिकाहरु हेपिने र बेचिने अवस्थामा फेला पर्ने गरेको बताएको छ । उनिहरुलाई कम पारिश्रमिक मै दिनभरी रातभरी काममा लगाउने क्षमता विनाको भारिहरु उचाल्न लगाउने जस्ता काम लगाइरहेको भन्दै मानव बेचविखनको दासत्व भने उदयपुरमा पनि भईरहेको बताएको छ ।

अपराधीहरुको बिभिन्न च्यानलले गर्दा समाजका गरिब, अशिक्षित, बेरोजगारी जस्ता मानिसहरु अपराधीको फन्दामा सजिलै पर्ने र उनिहरुको कुरामा पूर्ण विश्वासका कारण बेचविखनमा पर्ने अनुमान गरिएको छ ।

उनिहरुलाई घरपरिवार समाजले भनेको कुरा नपच्नाले गर्दा त्यस्ता अपराधिको च्यानलमा पर्नु अघि नै गाउँ समाजमा मानव बेचबिखनमा सबैलाई चेतना दिनु पर्ने बताए । बिभिन्न लोप बाहानामा उनिहरुलाई अपराधिहरुले मन जितिसक्ने हुदा घर समाजले भनेको कुरालाई ध्यान नदिनाले उनिहरु जानी जानी फन्दामा पर्ने गरेको देखिएको छ । यसरी अपराधीहरु सामु जानु दिनु अघि नै समाजलाई सचेत बनाउनु नै यसको नियन्त्रण तथा रोक थाम हुने उनिहरुको भनाई छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले मानिसहरु बाध्यता बस बेचबिखनमा पर्ने गरेको बताईन् । उनिले घरको बिभिन्न आबश्यकतालाई पुरा गर्न जान्छु भन्दा यस्तो घटनमा फस्ने गरेको बताईन् । यसलाई बिभिन्न टोल समाजहरुमा व्याप्त सचेतनाको कार्यक्रमहरु गरी नियन्त्रण गर्न जोड दिएकी छिन् ।

उनिले पहिला मानव बेचविखन भन्नाले इन्डीयामा बिभिन्न धन्दाहरुमा लगेर बेच्ने भन्ने बझाइृ भएपनि अहिले बिभिन्न तरिका बाट आधुनिक दासत्व बाट आफ्नै गाउँ सहर समाजमा प्रसस्तै मानव बेचविखन भइरहेको बताइन् ।

यसलाई तत्काल सम्बन्धित निकायहरुले निण्न्त्रणमा ल्याउन स्थानीय जनप्रतिनिधीहरुले प्रसाार प्रचार  तथा कार्यक्रमहरुको लागि बजेट छुटाएर सचेतनाको कार्यक्रमहरु गर्नु पने बताइन् । जिल्ला प्रमुख अधिकारी धुर्व बहादुर खड्काले मानव बेचबिखन समाजको निकै ठुलो समस्याको रुपमा रहेको बताए । उनले यहाँ मात्र नभै आधुनिक दासत्वमा देशैभरी मानव बेचबिखन प्रत्यक्ष रुपमा भईहेको बताए ।

मानव बेचबिखनमा अशिक्षित मात्र हइना शिक्षित मानिसहरु पनि पर्ने गरेको बताए । उलने पढाईको शिलशिलामा बिदेश जाने मानिसहरु पनि अपराधिक फन्दामा पर्ने गरेको बताए । जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बढामगरले उदयपुरमा मानव बेचविखनको घटना कम हुनुमा खुसिको कुरा भएको बताएको छ । उनले जिल्लामा यस घटना भयावह नभए पनि दासत्वको रुपमा भने निकै भयावह रहेको बताएको छ । यसलाई आफ्नो तर्फ र आफ्नो टिम बाट पूर्ण रुपमा भुमिका खेल्ने र आफ्नो आसपास र जिल्लामा भएको यस्ता आधुनिक दासत्वका मानव बेचविखनको नियन्त्रणमा समेत लागि पर्ने मगरले बताए ।

त्यस्तै जनप्रतिनिधिहरुले पनि प्रचार प्रसारका कम भएको कुरा बताएको छ । चेतनामुलक कार्यक्रमहरु बाट जनताहरुलाई सचेत गराएमा मात्र यसको नियन्त्रण गर्न सकिने भन्दै प्रचार प्रसारका लागि आफुले पनि गर्ने जनप्रतिनिधिहरुले बताएको छ ।