
मालपोत कार्यलयका थप छ जनामा कोरोना संक्रमण देखिएको छ । केहि समय अघि मात्र मालपोतका एक कर्मचारीमा कोरोना देखिएका थिए ।
यस अघि कोरोना देखिएको मालपोतका एक कर्मचारीको परिवारमा पनि कोरोना संक्रमण फैलिएको छ । उनका आमा र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
यसैगरी कार्यलय बाहेक त्रियुगामा २ जना र बेलकामा ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कार्यलय सहित जम्मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यलय प्रमुख सुवेदीले बताउनुभयो ।
मालपोत कार्यलयमा कार्यरत त्रिनपा १० का ४२, ४४, ३८, ३२, ३२,, र २६ बर्षका कर्मचारीहरु छन् भने कार्यलय बाहिरका त्रिनपा ९ का ६१ र ३० बर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यता बेलकामा संक्रमण देखिएकाहरु ६०, ३८, २०, २०, १८, ३१ र १७ बर्ष उमेरकाहरु रहेको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।
उदयपुरमा पनि सामुदाय स्थरमा कोरोना बढ्दो रुपमा फैलिन थालेको छ यस अघिनै पनि बेलका र चौदण्डीमा सामुदाय स्थरमा धमाधम कोरोना संक्रमण फैलिसकेको अवस्था छ ।
