
उदयपुर, साउन १५ गते ।
साउन १५ को अवसरमा आज गाईघाटमा खिर खाने कार्यक्रम भएको छ । मासबेस उदयपुरको आयोजनामा खिर खाने कार्यक्रमको आयोजना भएको हो ।
हाम्रो समाजमा साउन १५ लाई खिरखाने दिन अर्थात पर्वको रुपमा मान्दै आएको छ । मासबेसको आफ्नै हलमा आयोजित कार्यक्रममा अधिकारकर्मी तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुबीच शुभकामना आदानप्रदान गर्नुका साथै खिर वितरण भएको मासबेस अध्यक्ष नजबुल खान (निलम) ले बताइन् ।
पर्वको अवसर पारेर आयोजना गरेको कार्यक्रममा शुभकामना आदानप्रदान गुर्नका साथै खिर खाने खाईएको थियो ।