Monday, February 17News That Matters

मिर्चैया–कटारी–घुर्मी सडकखण्ड आगामी वर्ष भित्रमा कालोपत्रे हुने

ऋषि राई

साउन १५ गते ।

सरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्डलाई आगामी वर्ष भित्रमा कालोपत्रे हुनेगरी स्तरउन्नती गरिने भएको छ । पूर्व साँसद रामहरी खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमा आज गएको डेलिगेसनलाई आगामी वर्ष भित्रमा राष्ट्रिय राजमार्गको रुपमा विकास गर्ने गरी काम थालिने मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्रतिवद्धता जनाएको छ ।

गएको असारमा गएको पहिरोको कारण अवरुद्ध सडकखण्ड आजदेखि सामान्य मोटरसाईकल र साना सवारीसाधन आउजाउ गर्नसक्ने अवस्थामा आएको मन्त्रालयका सचिव कार्कीले बताएको पनि पूर्व साँसद खतिवडाले बताए । खतिवडाले उक्त सडक ओखलढुंगा , सोलुखुम्बु र खोटाङ्को ढोका रहेको बताउँदै जुनसुकै बजेटबाट भएपनि काम हुने गरी काम थालिने कार्कीले प्रतिवद्धता जनाउनुभएको बताए ।

दसैंसम्ममा पनि प्रकृया अगाडी नबढे सडक डिभिजन र मन्त्रालयमा तालाबन्दी गर्ने गरी आन्दोलन गर्नुपर्ने अवस्था नआओस भन्ने चेतावनी दिएको समेत बताए । कार्कीले जुनसुकै बजेट मन्त्रालयमा तानेर काम थाल्ने बताएको पनि खतिवडाले बताए । सडक जीर्ण बन्दा ओखलढुंगा , सोलुखुम्बु र खोटाङका स्थानीयले वर्षेनी महंगी लगायतका समस्या भोग्नु परेकाले सबै पार्टी र निकायले पहल गर्नुपर्ने पनि खतिवडाको भनाई थियो ।

डेलिगेसन टोलीमा ओखलढुंगा , सोलुखुम्बु र खोटाङका सरोकारवालाहरु सहभागी भएका थिए । डेलिगेसनका क्रममा उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ पनि सहभागी हुने कार्यक्रम रहेको भएपनि समस्याका कारण सहभागी हुन नसक्नुभएको तर श्रेष्ठको समेत प्रतिनिधित्व रहेको जानकारी गराएको पनि पूर्व सांसद खतिवडाले बताए ।