
देबराज राई
उदयपुर, साउन १७ गते ।
नव गायीका मिलना राइको पहिलो एल्बम ‘मिलन’ सार्वजनिक भएको छ । झन्डै आधादर्जन गीत समावेश रहेको एल्वममा संग्रहित गीत र म्यूजिक भिडियो एकता म्यूजिक प्रालि नामक कम्पनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
एल्बममा धराने मायाले बालका गीतका लागि उदिम राईले सब्द र संगीत दिएका छन् । त्यसै त्यसै आँखा जुध्यो बोलको गीतमा भीम कुलुङले शब्द र संगीत भरेका छन् । त्यस्तै परदेशीले बोलको गीतमा चन्द्रकुमार हतुवालीको शब्द, उदिम राईको संगीत रहेको छ ।
त्यस्तै सार्वजनिक भएको एल्बमकै पहाडकी छोरी हुँ म बोलको गीतमा भीम कुलुङको शब्द र उदिम राईको संगीत रहेको छ । चाहीएको छ धर्तीमा बोलको गीतमा शब्द सुनिल पुरीको समावेश छ । यो शीर्ष गीतको म्यूजिक भिडियो पनि निर्माण भइसकेको छ ।
त्यस्तै मायाको चिनो फूलबुटे रुमाल बोलको गीतको पनि म्यूजिक भिडियो यसअघिनै युट्युबमा सार्वजनिक भइसकेको गायक सन्देश राईले जानकारी दिए । म्यूजिक भिडियोमा एलिसा राई र गम्भीर केसीले अभिनय गरेका छन् । सम्पादन तथा निर्देशन अमृत सागरले गरेका छन् भने कोरियोग्राफर सागर लामाले गरेका छन् ।