Sunday, March 16News That Matters

मिसन नोट अफ डिसेन्स बारे समिक्षा

पूर्णपुष्टि/उदयपुर, असोज ११ गते ।

लैंगिक समानता र समावेसीका लागि आशनमा महिला, भाषणमा महिला, शासनमा महिला भन्ने मुल नाराका साथ सन्चालन भईरहेको मिसन नोट अफ डिसेन्ट अभियानको मंगलबार गाईघाटमा समिक्षा तथा छलफल भएको छ ।

मुलधार महिला सेवा केन्द्र (मासवेस) र मिसन नोट अफ डिसेन्ट राष्ट्रिय अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानलाई अझ प्रभावकारी बनाउने सल्लाह, सुझाव र सहयोगको प्रतिबद्धता आएको थियो ।

हरेक कार्यक्रममा महिला सहभागिता अनिवार्य र अपरिहार्य गराउने र सहभागिता मात्र नभई अर्थपूर्ण आसन र भाषणसमेत रहनु पर्ने अभियानको जोड छ ।

अभियानकी केन्द्रिय संयोजक नजबुल खान (मिलम) ले सात वटै प्रदेश र विदेशमा समेत अभियानलाई विस्तार गर्ने बताए । अभियानले देशका विभिन्न प्रमुख शहर तथा विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिदै अवका दिनमा अझ प्रभावकारी ढंगले गर्ने बताईन् ।

सात प्रदेशलाई समेटेर बेटी सम्मेलनको भव्य आयोजना गर्न लागिएको जानकारी दिदै खानले कार्यक्रम मार्फत हिमाल, पहाड, तराईका चेलीहरुलाई समेटिने बताइन् ।

त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागिहरुले अभियानलाई गाउँगाउँसम्म पुर्याएमा सबैको साथ सहयोग जुट्ने सुझाव राखेका थिए ।

प्रमुख अतिथि उपमेयर चौधरीले अभियानले लंैगिक समानता र समावेशीलाई टेवा पुर्याउने मात्र नभई सामाजिकता, नैतिकता र समृद्धिमा टेवा प्र्याउने भएकाले सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले बेटी सम्मेलन उदयपुरमा सफल हुनु सबैको इज्जत प्रतिष्ठाको विषय भएकाले सैले सहयोग गर्न आव्हान पनि गरिन् ।