
पूर्णपुष्टि,चैत ६
मुखबाट फिँज निस्किएको अवस्थामा काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ । शवको परिचय खुलि नसकेको दक्षिणकाली प्रहरीले जनाएको छ ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । शव अहिले पनि घटनास्थलमा नै छ । शव भेटिएकामध्ये एक जना १८–१९ वर्षका अर्का २५–२६ वर्षका जस्ता देखिएको प्रहरीले बताएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
