
उदयपुर, जेठ ९ गते ।
उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची बजारमा भिषण आगजागी भएको छ । स्थानीय भरतबहादुर थापाको सिन्कौली भण्डारण घरमा भिषण आगलागी भएको जनता माध्यामिक विद्यालय मुर्कुचीका प्राधानाध्यापक खड्ग मगरले बताए ।
साँझ ५ बजेदेखिको आगलागीको खबर लगत्तै सुकौरा प्रहरी चौकी र जिल्ला प्रहरीबाट समेत टोली खटिगएको जनाएको छ ।
एक्कासी आगो उठेको देखिएपछि स्थानीय जम्मा भई नियन्त्रणको प्रयास गरेका थिए । तर, आगो नियन्त्रणको सट्टा फैलिदै गएको थियो । केही समयपछि त्रियुगा नगरपालिकाको दमकल आएपछि भने नियन्त्रण सफल भएको हो । दमकल र स्थानीयको ठूलो सहभागिताका कारण अन्य घरमा आगो फैलन नदिई नियन्त्रण गरिएको हो ।
दमकल आउन अघि स्थानीयले पानी बोकेर आगो फैलन दिएका थिएनन् । जोडिएका र आसपासमा अन्य घरहरु जोगाउन सिन्कौली गोदाम घर भत्काईएको छ । हावाहुरी नचलेकाले पनि नियन्त्रण गर्न सजिलो भएपछि अन्यत्र फैलिएर थप क्षती हुनबाट जोगिएको हो ।
आगलागीको कारण थाहा हुन सकेको छैन भने क्षती विवरण पनि खुलेको छैन । भण्डारणभित्र सिन्कौली रहेको बताईएको छ ।