Thursday, November 14News That Matters
२९ कार्तिक २०८१, बिहीबार

मुलक ठीक बाटोबाट अगाडि बढिरहेको छ : महान्यायधिवक्ता खरेल

उदयपुर, मंसीर १३ गते ।

महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले मुलुक ठिक बाटोबाट अगाडि बढिरहेको बताउनु भएको छ । बिहिबार जिल्ला सरकारी वकिल कार्यालय उदयपुरको नवनिर्मीत भवनको उद्घाटन गर्दै महान्यायधिवक्ता खरेलले संघ, प्रदेश र स्थानीय तहको कानूनहरु निर्माण तथा संविधान बनाए बमोजिम मुलुक अगाडी बढिरहेकाले गन्तब्य गलत दिशामा नरहेको बताउनु भयो ।

संविधान लागू भएको तीनवर्षबीचमा आशादित सबै कुरा पुरा नभएपनि मुलक गलत दिशामा नगएको र लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउनेतर्फ रहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले जनताका लागि न्याय प्रणाली सहज र सुलभ हुनुपर्ने जोड दिदै उच्च अदालत ओखलढुंगामा सारिएपछि उदयपुर र आसपासका जनताले न्यायका लागि धाउन कठिनता भोगिरहेको बताउनुभयो । जनताको यो कठिनतालाई मध्येनजर गर्दै बैकल्पिक सेवाको व्यवस्था मिलाउनका लागि न्यायधिवक्तासंग आग्रह गर्दै सरकारसंग माग गर्नुभयो ।

नेपाल सरकारको २ करोड २८ लाख ८३ हजार ३४२ रुपैयाको लागतमा निर्मित तीनतले भवन तोकिएको समयअघि नै निर्माण सम्पन्न भएको हो । आधुनिक सेवा सम्पन्न तथा पिडित सेवामैत्री, कार्यालय प्रायोजनको उक्त भवन गितान्जली शक्तिकुण्ड जेभीले निर्माण ठेक्काको काम गरेको हो ।

२०७४ असार २ गते सम्झौता भएको भवनको निर्माण अवधि २ वर्षको रहेपनि ६ महिनाअघि नै मापदण्ड अनुरुप नै सम्पन्न भएको भन्दै जिल्ला न्यायधिवक्ता हरिकुमार पोखरेल, नायव सुब्बा देवराज कोइराला र ठेकेदार अरुणकुमार थापालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0