Tuesday, July 7News That Matters

मुलुकभर नेपाल टेलिकमको मोवाईल सेवा अवरुद्ध

पूर्णपुष्टि,माघ ३ । मुलुकभर नै नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध भएको छ । मंगलवार मध्यान्ह १२ बजेदेखि कम्पनीको मोवाइल सेवा अन्तर्गतका ल्यान्डन, प्रिपेड तथा पोस्टपेडका फोन अवरुद्ध भएको हो ।
उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।