
उदयपुर, बैशाख १३
उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले मेयरसँग जनता कार्यक्रम अभियान शुक्रबार देखि सुरु गरेको छ ।
स्वास्थ्य शिविरको आयोजना गरी मेयर चौधरीले अभियानको सुरुवात गरेका हुन् । १ नं वडा जोगिदहदेखि सुरु गरेको अभियान नगरका १६ वटै वडाहरुमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
शिविरका साथै विद्यार्थी भर्ना अभियान, निःशूल्क बैँक खाता कार्यक्रमलाई पनि प्राथामिकता दिदै थालिएको अभियानको उद्घाटन जोगिदहमा शुक्रबार स्वस्थ्य शिविरसंगै गरे । सिविरमा १ नं वडाको जेष्ठ नागरिक, महिला र बालबालिकाहरुको स्वास्थ्य परिक्षणका साथै औषधि वितरण गरेको थियो । सिबिरमा बिषेशगरी पाठेघर, पोषण, जनरल जाँच, मुुटुको इसिजी लगायतका उपचार सेवा तथा निशूल्क औषधी वितरण गरिएका थियो ।
नेपाल सरकारको निती अन्तरगत समृद्ध नेपाल अभियान बचत खाता बैँङकीङ कारोबारलाई जोड गर्ने गरी खाता खोल्ने अभियान पनि सुरु गरिएको छ । नेपाल बैँक लिमिटेडले अनिवार्य नेपालीको बैँक खाता अभियान सञ्चालन गरेको हो । नेपाल बैँक लिमिटेड अन्र्तगत खाता खोल्दा निःशूल्क खाता खोल्न सकिने, १०० रुपयाँसमेत जम्मा गरिदिने, र अन्य बैँकहरु भन्दा ३ प्रतिशत बढी व्याज दिने बताइएको छ ।
नगरवासी जनताहरुको आर्थिक, भौतिक, नैतिक, शैक्षिक जस्ता आवश्यकता र जनताहरुसँग प्रत्यक्ष अन्र्तक्रियालाई जोड्दै अभियान सुरु गरेको बताए । स्वास्थ्य, शिक्षा, बचत लगायतको महत्वपूर्ण क्षेत्रलाई अभियानमा समेटिएको मेयर चौधरीले बताए । चौधरीले पहिलो कु्रा जनता स्वास्थ्य भएमा मात्रै सबै कुरा गर्न सक्ने भन्दै स्वास्थ्य पछिको शिक्षा र आर्थिक विकासले जनता सुसम्पन्न बन्ने हुदा जनतासँग सम्बन्धित कार्यक्रम अन्र्तगतको अभियान सुरु गरिएको जनाए । उनले गाउँगाउँमा गई जनताहरुसँग प्रत्यक्ष भेटघाट गर्ने माध्यम पनि बनेको बताए । जनताहरुले भनेको कुरालाई ध्यानमा राख्दै उनीहरुको आवश्यकतामा मध्येनगर गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मेयर चौधरीले १ नं वडाको विकास कार्य, शैक्षिक क्षेत्र र पर्यटकिय गन्तव्यलाई पनि अवलोकन गरेका थिए ।