Thursday, April 30News That Matters

मेयर कोष र जन श्रमदान बाट कटारीको हडैँयामा बाढी कटान क्षेत्रमा जाली निर्माण

आषिश बस्नेत
पूर्णपुष्टि, असार १७

कटारी नगरपालिका ३ हडैँया स्थित बाढी कटान क्षेत्रमा मेयर कोषबाट ५ लाख ९३ हजार बराबरीको जाली  निर्माण भएको छ ।

तावाखोला कटान रोक्न जाली निर्माण गरिएको र जाली निर्माण पश्चात स्थानीयहरुको करिब ८ सय बिघा जमिन तथा नजिकको वस्तीहरु सुरक्षित हुने हडैया बलिया तावाखोला नदि नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर तामाङ्गले बताउनुभयो ।

नगरपालिकाको मेयर ज्ञानेन्द्र श्रेष्ठको मेयर कोष मार्फत ५ लाख ९३ हजार र जन श्रमदान गरी उक्त जाली लगाईएको समितिका अध्यक्ष तामाङ्गले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको कार्यालय मार्फत आव्हान गरिएको ठेक्का कुमार बुढाथोकी ले १७ लाखमा लिएका थिए । उक्त ठेक्का मध्यको केहि ड्याम निर्माण गरिएको भएपनि १५० मिटर मध्य ५५ मिटर २०७७ असार साउनको बाढिले बगाएपछी बाढीको जोखिम बढेको थियो ।

उक्त जोखिमको मूल्याकंन गरी मेयर कोषबाट एक्साभेटर लगाएर जाली निर्माण गरिएको हो । तावाखोलाले वर्षेनी यस क्षेत्रमा खेतियोग्य जमिन कटान गर्ने गरेको स्थानीयले बताएका छन् ।