Tuesday, March 25News That Matters

मैत्रिपुर्ण खेलमा जनप्रतिनिधि विजयी

उदयपुर, फागुन ८ गते ।

उदयपुरमा जनप्रतिनिधि र पत्रकार नागरिक समाज विचको मैत्रिपुर्ण फुटबल खेलमा जनप्रतिनिधीहरुले जित हात पारेको छ ।

सदरमुकाम गाईघाटमा भएको मैत्रिपुर्ण खेलमा पत्रकार नागरिक समाजलाई २–४ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो ।

६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा नगरपालिकाले आयोजना गरेको खेलमा पत्रकार नागरिक समाजको टिमलाई २ का विरुद्ध ४ गोल गर्दै जनप्रतिनिधीका टिमी विजयी भएको आयोजकले जनाएको छ ।

 

देशव्यापी रुपमा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाएका थियो । उदयपुरमा पनि ¥याली, दिप प्रज्वलन जस्ता कार्यक्रमहरु गरि राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको भएपनि दिवसको अवसर पारेर मैत्रिपूर्ण फुटबल खेलको आयोजना गरेको आयोजकले जनाएको छ ।

खेल भनेको स्वास्थ्यका लागि अति आवश्यक चिज हो । स्वस्थ्य रहन मानिसलाई खेल, अर्थात कुनै पनि व्यायामको आवश्यक पर्दछ ।