Saturday, May 17News That Matters

मैत्रिपुर्ण खेलमा पत्रकार संघ विजय

पूर्णपुष्टि/उदयपुर, असोज २० गते ।

उदयपुरमा भएको एक मैत्रिपुर्ण फुटबल खेलमा पत्रकार संघले विजयी हासिल गरेको छ ।

उदयपुर जेसीजको आयोजनामा भएको जेसीज र पत्रकार संघ विचको खेलमा ०–१ ले पत्रकार संघले जित हात पा¥यो ।

गाईघाटको बरुवा क्यम्पसको खेल मैदानमा भएको खेलको सुरुवाती १० औँ मिनटमा पत्रकार संघको तर्फबाट विजय राईले गोल गरेको थियो । सोही गोल नै अन्तत जितको निर्णायक गोल बन्न पुगेको थियो ।

५० मिनटको निर्धारीत खेलमा पत्रकार संघको तर्फबाट १ गोल गरेको थियो भने जेसीजको तर्फबाट गोल गर्ने प्रयास गरेपनि पत्रकारले विफल पारेको थियो ।

विजयी हुने टिमलाई गोल्ड म्याडल र प्रमाण पत्र प्रदान गरेको थियोे ।