Friday, February 7News That Matters

मैत्रीपूर्ण त्रियुगा नगरपालिका कराँते

उदयपुर, बैशाख ३० गते ।

उदयपुरको बोक्सेमा मैत्रिपूर्ण त्रियुगा नगरपालिका कराँते प्रतियोगीता सम्पन्न भएको छ ।

सितोरियो कराँते डोजो (प्रशिक्षण केन्द्र) त्रिनपा–१० को आयोजनामा दुई दिने मैत्रिपूण कराँते प्रतियोगीता भएको हो ।


वडाको आर्थिक सहयोगमा प्रतियोगीता संचालन भएको थियो । नगर भित्रका ८२ जना नयाँ तथा पुराना विद्यार्थीहरुले प्रतियोगीतामा  भाग लिएको आयोजकले जनाएको छ ।

पुरुष तर्फ ६० केजी तौल समुहमा प्रथम अस्मिन राई र द्धितिय रेशम विक, ५९ केजी तौल समुहमा प्रथम विमलकाजी श्रेष्ठ, द्धितिय केशव राई, तृतिय साजन तामाङ्ग र सान्तोना प्रमिस राई, ५७ केजी तौल समुहमा प्रथम कृष्ण महतो, द्धितिय सृजन राई, तृतिय मनोज मगर र सान्तोना आमोस राई त्यसै गरि ५५ केजी तौल समुहमा प्रथम अस्विन्द्र्र राई, द्धितिय जीसन प्रताप राई, तृतिय सुनिल विक र सान्तोना विष्णु बहादुर तामाङ्ग, ५० केजी तौल समुहमा प्रथम तुलस राई, द्धितिय थोमस चाम्लिङ राई, तृतिय जिवेस राई र सान्तोना विजय राई भएका थिए ।

त्यसै गरि ४५ केजी तौल समुहमा प्रथम अजय राई, द्धितिय करण महनी, तृतिय दिपेस राई र सान्तोना देबेन्द्र राई, ४३ केजी तौल समुहमा प्रथम सनम शेर्पा, द्धितिय समुन्द्र राई, तृतिय कमल राना मगर र सान्तोना छेनछेलुङ राई,४२ केजी तौल समुहमा प्रथम राजबाबु चौधरी, द्धितिय सुसान राई, तृतिय पलपल राई र सान्तोना सुजन मगर त्यसै गरि ३९ केजी तौल समुहमा प्रथम सरोज श्रेष्ठ, द्धितिय अभय चौधरी, तृतिय राहुल राई र सान्तोना उचित अधिकारी, ३७ केजी तौल समुहमा प्रथम प्रविण श्रेष्ठ, द्धितिय चिरन राई, तृतिय सुदर्शन पंजियार र सान्तोना सुनिल कार्की, ३४ केजी तौल समुहमा प्रथम अमन राई, द्धितिय चबिहाङ, तृतिय अनन्त राई र सान्तोना कल्याण राई, ३० केजी तौल समुहमा प्रथम सुमन परियार, द्धितिय शुभम थापा, तृतिय साजन राई र सान्तोना सुदिप श्रेष्ठ भएको थियो ।


महिला तर्फ ५९ केजी तौल समुहमा प्रथम आशा तिमिलसिना, द्धितिय रेनुका मगर, तृतिय मौसमी रुचाल र सान्तोना रासुका राई, ५७ केजी तौल समुहमा प्रथम शुभमैया मगर, द्धितिय सुमन चौधरी, तृतिय हेमा श्रेष्ठ र सान्तोना सुविका थापा, ५१ केजी तौल समुहमा प्रथम दिपा खत्री, द्धितिय स्यामुना राई, तृतिय वेदकुमारी राई र सान्तोना नमिनकुमारी राई त्यसै गरि ४९ केजी तौल समुहमा प्रथम कृतिका राई, द्धितिय स्वास्तीका चाहार, तृतिय ईमो राई र सान्तोना शशीकला राई, ४७ केजी तौल समुहमा प्रथम संजिता गजमेर, द्धितिय वन्दना चौधरी, तृतिय सुस्मीता परियार र सान्तोना सविना राई भएकी छिन् ।

त्यसै गरि ४५ केजी तौल समुहमा प्रथम अस्मिता खड्का, द्धितिय पूर्णिमा विक, तृतिय आरजु राई र सान्तोना भावना खत्री, ४४ केजी तौल समुहमा प्रथम सुमिना राई, द्धितिय सन्तोषी चौधरी, तृतिय कृष्ण थापा र सान्तोना मेनुका मगर त्यसै गरी ४३ केजी तौल समुहमा प्रथम ज्योति ढकाल, द्धितिय छैमा राई, तृतिय स्मारिका राई र सान्तोना रुकु राई, ३३ केजी तौल समुहमा प्रथम प्रसंसा राई, द्धितिय सुम्निमा राई, तृतिय भावना विक र सान्तोना सरगम राई भएकी छिन्


वडाको १५ हजार नगद सहयोगमा आयोजना गरिएको प्रतियोगीतामा प्रथाम, द्धितिय, तृतिय र सान्तोना स्थान हाँसिल गर्ने प्रतियोगीहरुलाई प्रमाण पत्र र म्याडल प्रदान गरिएको थियो । कराँतेको महत्व तथा दक्ष विद्यार्थी उत्पादन र गुणस्तरीय खेलको विकास गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएकोे जिल्ला खेलकुद विकास समितिको कराँते सहप्रशिक्षक प्रकाशराम राईले बताए ।


स्थानिय सरकार आए सँगै कराँते प्रति आमजनताको निकै चासो बढेको छ । अन्य खेल भन्दा फरक र आफ्नो सुरक्षाको लागि अतिआवश्यक खेल भएकाले पनि जनताको चासो बढ्दै गएको राईले बताए ।

स्वास्थ्य सँगै कराँते शिक्षाले आफ्नो व्यक्तिगत सुरक्षा गर्ने भएकाले सवैले कराँते सिक्नु जरुरी रहेको छ । हरेक हिसावले हेर्दा मासिको लागि कराँते अतिआवश्यक खेल भित्र पर्ने भएकाले यसको गुणस्तरियता सँगै विकास गर्नु पर्ने त्रियुगा नगरपालिका वडा नं १० का वडाध्यक्ष प्रकाश खड्काले बताए ।

गुणस्तरिय खेलको विकासले आफु सँगै आफ्नो देशलाई विश्व माझ चिनाउ सकिने खड्काले बताए । उनले खेलकुदमा विकास गरि गुणस्तरीय खेलाडि उत्पादन गर्नका लागि वडाले छुट्टै बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।