आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

मैनि मेलामा सास्कृतिक कार्यक्रम

उदयपुर, माघ १३ गते ।

उदयपुरको यतिहासिक धार्मीक स्थल त्रिवेणी मेलामा सास्कृतिक कार्यक्रम भएको छ ।

कटारीन गरपालिका २ खोक्सामा माघ १ गतेबाट लाग्ने त्रिवेणी मेलाको अवसर पारेर सास्कृतिक कार्यक्रम गरेको हो ।

तावा, ककरु र कमला खोलाको संगम स्थल त्रिवेणीमा माघे शक्रान्ति देखि १५ दिन सम्म मेला लाग्ने गर्दछ । परापूर्वकाल देखि नै त्रिवेणीमा हिन्दु धर्मलाम्बिहरुले स्नान गरि पुजा आरधना गर्ने गरेको स्थानियबासीहरु बताउँछन् । माघ १ गतेबाट लाग्ने त्रिवेणी मेलामालाई रौनक दिन उदयपुर उद्योग बाणिज्य संघ कटारीले सास्कृतिक कार्यक्रम गरेको छ ।

सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार गायक शिव थापामगर, डान्सर मिना तामाङ्ग र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा गालैको कोठिमा, भेट भयो तिमी सँग झ्प्पै, सुन ओई कुरा बुझ्या खोई, पार्वती….. लगायतका गितहरुले दर्शकहरुलाई छमछमी नचाएको थिए । त्रिवेणीमा पुजा तथा मेला भर्न आएका मानिसहरुले सास्कृतिक मनोरञ्जन लिएको थियो ।

तामाङ्गले मौलिक गीतमा नेपाली मौलिकपन झल्काउने नृत्यहरु प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन दिलाएको थियो । भने स्थानिय कलाकारहरुले गित, कमेडी, क्यारीकेचर, नृत्य प्रस्तुत गरि त्रिवेणी मेलाको सोभा बढाएको आयोजक उदयपुर उद्योग बाणिज्य संघ कटारीको अध्यक्ष पुष्कर खड्काले बताए ।

हिमाल, पहाड र तराईको खाद्य वस्तु तथा घोडा, भोटे कुकुरको बच्चा, राडीपाखीको व्यापार गर्ने पुरानो एक व्यापारीक केन्द्र भनेर चिनिने मेलामा अहिले विकासको प्रगतिले गर्दा खाद्य वस्तु तथा भोटे कुकुरको बच्चा र घोडा आउन छाडेको खड्काले बताए ।

परापूर्वकाल देखिनै एक धार्मीक स्थल मात्रै नभई व्यापारिक केन्द्रको रुपमा समेत चिनिएको मेलालाई अझ भव्य र सब्य बनाउन सास्कृतिक कार्यक्रम गरेको थियो ।
शनिबार सवै सरकारी कार्यालय तथा विद्यालय विदा हुने भएकोले अन्य दिनमा भन्दा बढी मेलामा आउने गर्दछ । करिब २० हजार मानिसहरुले मेला भरेको आयोजकले जनाएको छ । मेलामा जिल्लाको विभिन्न ठाउँ देखि छिमेकी जिल्लाहरुबाट समेत अउने गरेको छ । विदाको दिन मेलामा मानिसहरुको बाक्लो भिड भाड लाग्ने गरेकाले पनि सास्कृतिक कार्यक्रम गरेको खड्काले बताए ।

मेलामा आएका भक्तजन तथा मानिसहरुलाई सवै खाले मनोरञ्जन दिलाउनको लागि सास्कृतिक कार्यक्रमको आयोजना गरिएको खड्काले बताए । पिङ, विभिन्न खेल, मेलाकै नयाँ बाटिङ् लगायतका मानोरञ्जन दिने कुराहरु भएपनि सास्कृतिक मानोरञ्जन नभएकाले उक्त कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0