Monday, February 17News That Matters

मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

मोरङ असार २४ गते ।

मोरङको बुढीगंगामा मोटरसाईकको ठक्करबाट एक जानाको मृत्यु भएको छ । बुढीगंगा गाँउपालिका – ४ स्थित कोशी राजमार्ग सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको हो ।

भोजपुर नगरपालिका –३ निबासी (हाल बुढिगंगा – ४ मा) डेरा गरी बस्ने ३४ बर्षिय लोक बहादुर खड्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उतरबाट दक्षिण तर्फ जादै गरेको को २८ प १९०७ नम्बरको मोटरसाईकलले बिहान करिब १० बजे खड्कीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा गम्भिर घाईते भएका थिए ।

घाईते भएका खड्कीको बिराट मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा करिब ११ः५५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । मोटरसाईकल चालक सुनसरी सोनापुर निबासी बिष्णु चौधरी र मोटरसाईकल ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।