Friday, February 7News That Matters

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुर, बैशाख १५ गते ।

उदयपुरको रङ्गमहलमा मोटरसाईकल दुर्घटना हुदाँ एकको मृत्यु एक जना गम्भिर घाईते भएको छ । चतरा – गाईघाट सडक खण्ड अन्तर्गत बेलका नगरपालिका – ८ रङ्गमहलको ओरालो घुम्तिमा आइतबार मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु् भएको हो ।

मध्येन्न १२ः१० बजे स १० प ४२०३ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडक देखि करिब १५ मिटर तल खसकेको प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो । गम्भिर घाईते बेनपा – २ निबासी २७ वर्षीय अर्जुन यादवको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भने  निबासी २६ बर्षीय देवचन यादवे घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक नखुलेको प्रहरीले जनाएको छ ।