मोटरसाईकल दुर्घटनामा मृत्यु

पूर्णपुष्टि/मंसीर ४ गते ।

गाईघाट–समगरमाथा राजमार्ग अन्तर्गत जलजले–गाईघाट सडकखण्डको बगाहामा सवारी दुर्घटना हुँदा एकयुवाको मृत्यु भएको छ ।

उदयपुरको जलजलेबाट गाईघाटतर्फ आउदै गरेको स ७ प ७२४० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको स १ ह १४८५ नम्बरको टेम्पो त्रियुगा नगरपालिका ४ बगाहामा एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका १० अस्पतालचौकका २७ बर्षिय सुमन मगरको मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते मगरको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0