Friday, February 14News That Matters

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते

 

सुनसरी, श्रावण ०३ गते । 

सुनसरीको गढी गाउँपालिका(५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी  स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा  पानीको खाल्डोमा परी दुर्घटना भएको हो

दुर्घटनामा परी मोटरसाईकल चालक गढी गाउँपालिका(६ का ३० बर्षीय राजेश्वर मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई तत्काल उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको थियो उपचारको क्रममै बेलुका ७ बजे मृत्यु मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका(६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।