
मोरङ, फागुन–२०
मोरङ सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका –३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
सोही स्थानमा गतराती ९ बजे प्र १–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएको थियो । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाईकल चालक स्थनीयय ३१ बर्षीय देवकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
