
उदयपुर, जेष्ठ १६ गते ।
उदयपुरमा मोटरसाईकल दुर्घटना हुदा तीन जना घाईते भएका छन् । चौदण्डीगढी र बेलका नगरपालिकाको सिमा क्षेत्र देउराली जंगलमा विहिबार भएको दुर्घटनामा तीन जना घाइते भएका हुन् ।
दिउँसो करिब २ बज गाईघाटबाट बेलका तर्फ जादै गरेको स १० प ४१९४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकलमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बेलका नगरपालिका ७ निबसी चालक ३० वर्षिय दुर्गा राई, २३ वर्षिय शम्भु राई र ३० वर्षिय पलराज राई घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको विपी कोइराला विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा तीन जना सवार रहेकाले घुम्ति मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।