Friday, February 7News That Matters

मोरङ विजयी

उदयपुर, असार २ गते ।

छैठौं रमपम उदयपुर गोल्डकपको तेस्रोदिनको खेलमा मोरङ फुटबल क्लव विजयी भएको छ । निर्धारित ९० मिनेटको खेलमा २–२ गोल बराबरीमा टुंगिएपछि टाईबेक्ररमा नेपाल प्रहरी क्लवलाई ४ को विरुद्ध ६ गोल गर्दै विजयी भएको छ ।

खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो गोल गरेर खाता खोलेको थियो ।

१९ औं मिनेटमा प्रहरीको जर्सी नंं १२ का रविन पासवानले गोल गरेर बराबरीमा पुर्याएको थियो । ४३ औं मिनेटमा मोरङको तर्फबाट आत्मघाती गोल हुनपुग्दा प्रहरीले अग्रता पाएको थियो । मोरङको जर्सी नं. ४ का विकास खवासले पोल नजिकै रोक्न खोजेको बल नियन्त्रण गर्न नसकेपछि पोलपित्र छिरेको थियो ।

त्यस्तै दोस्रो हाफको २५ औं मिनेटमा मोरङका जर्सी नं. १२ का नवयुग श्रेष्ठले नै गोल गरी खेललाई फेरी बराबरीमा पुर्याएको थियो ।

निर्धारित समयसम्म खेल बराबरी भएपछि खेल टाईब्रेकर भएको थियो । टाईब्रेकरमा मोरङको तर्फबाट ४ र पुलिसको तर्फबाट २ गोल भएको थियो । टाईव्रेकरमा मोरङको ६ नम्बरका विवेक पौडेल, १४ नम्बरका दिपक राई, ५ नम्बरका विक्रम लिम्बु, १८ नम्बरका उमेश कार्कीले गोल गरेका थिए भने पुलिसको ९ नम्बरका सुमन लामा र ३१ नम्बरका दिनेश गुरुङले मात्र गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच मोरङका १ नम्बरका किपर सुर्य अधिकारी घोषित भए ।  उनलाई जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले सात हजार नगदसहित मेडलले पुरस्कृत गर्नुभयो । भोलीको खेल गोर्खा ब्वाईज रुपेन्देही र संकटा क्लव काठमाडौंबीच हुनेछ ।