Friday, February 14News That Matters

यलम्बरको शालिक अनावरण

जयराम पूर्वछाने मगर

बेलका, जेष्ठ २८ गते । 

उदयपुरको बेलका नगरपालिका– ६ मा किरातिहरुको पूर्खा तथा प्रथम राजा यलम्वरको शालिक अनावरण भएको छ ।

जातिय पहिचान मात्रै नभई किरात सभ्यता भएकाले नगरपालिकाकी उपमेयर राजकुमारि चौधरिले सोमबार शालिकको अनावरण भएको हो ।

जनजाति आफ्नो पहिचान, इतिहास, भेषभुषा, कलाकारीतामा पालिका धनी रहेको उपमेयर चौधरीले बताईन् । उनीले कनुै पनि जात जाती पछाडि पर्न नहुने बताएकी छिन् ।

पर्यटनको आकर्षण बढाउन पर्यटकीय स्थानहरु निर्माण कार्य सुरु गरेको वडा अध्यक्ष वसन्त मगरले वताए ।  किराँतीहरुको पुर्खा तथा राजाका शालिकको शिलान्यास गत फागुन २ गते गरेका थिए । साथै वडाबाट २ लाख पचास हजार बिनियोजन समेत गरेका वडाध्यक्ष मगरले बताए ।

अध्यक्ष मगरले वडाको पुवारे थुम्कामा होमस्टे, अथिती आवास,  टावर लगायतका कामहरु अघि बढिरहेको वडाध्यक्ष मगरले बताए । निकट भविष्यमा आफ्नो वडामा पर्यटकको चाहाना केन्द्रीत कार्यक्रमहरु सन्चालन गर्ने उनले बताए ।

शालिक नजिकै रहेको सितारानि भिर, टङकेला गुफा, रानी छागा लगायतका स्थानलाई पर्यटक भित्र्याउने कार्यक्रम आगामी आर्थिक वर्षमा गर्ने वडाध्यक्ष मगरले बताए ।

जनजाति अझैसम्म सामाजिक , राजनीतिक र आर्थिक रुपमा पछाडि परेको नगरका जनजाति महा सङघका सङरक्षक कर्ण कुमार श्रेष्ठले  बताए । जनजातिलाई निर्धारण गरेका राज्यको नैसर्गिक अधिकार पाउनु पर्ने उनले बताए ।

नगरका नेपाली काँग्रेस सभा पति सुशील सेढाईले पर्यटन विकासमा वडा लागेकोमा खुसी व्यक्त गरे भने जनजाति आफै सस्कार, सस्कृतिमा धनी भएका जाति उनले बताए ।

शालिक सङरक्षण तथा सम्वर्धनका लागि नगद दश हजार रुपैयाँ नगरकार्य पालिका सदस्य तिर्थ गहतराजले प्रदान गरेका छन् ।

अनावरण गरिएका ५ फिट ३ ईन्च अग्लो शालिक संरक्षण गर्नका लागि वरिपरि घेरावारा लगाउनु पर्ने स्थानीय टेक बहादुर राई बताउँछन् । उक्त कार्यक्रममा दूध कोशी युवा क्लवले साकेला सिल्ली नचेका थिए ।