Friday, February 14News That Matters

यलेदुङको स्वागतमा जिप प्रज्वलन

उदयपुर, पुस ३० गते ।

विश्व भरका किराँत राईहरुले यलेदुङ ५०७८ लाई विदाई र नयाँ वर्षको स्वागत उदयपुरमा पनि जिप प्रज्वलन गरी गरेको छ ।

विश्वभर छरिएर रहेका किराँत समुदायका राईहरुले यलेदुङ ५०७९ को स्वागत गर्न वर्षको अन्तिम साँझ सोमबार दिप प्रज्वलन गरि रहेको हो ।

किराँत राई यायोक्खा जिल्ला समितिले यलेदुङ ५०७८ लाई विदाई र ५०७९ नयाँ वर्षको स्वागत गर्न दिप प्रज्वलन गरेको किराँत राई यायोक्खा जिल्ला समितिले जनाएको छ । नेपालमा धेरै जनजातीहरुको महान चाड नै पर्ने माघ १ गते किराँत समुदायको भने नयाँ वर्षको पर्ने गरेको किराँत राई यायोक्खा जिल्ला समितिको अध्यक्ष विमल किरातीले बताए ।

यलम्बर राजाको शासनकाल देखि नयाँ यले सम्बत मनाउन र गन्न आएको थियो । त्यसैले विशेष रुपमा माघ १ गतेलाई नयाँ वर्ष मनाउदै आएको राईले बताए । विभिन्न जात जाती र धर्मलम्बिहरुले आ–आफ्नो विशेषता अनुसार माघ १ गतेलाई मनाउने भएपनि किराँत समुदायले भने नयाँ वर्षको रुपमा मात्रै मनउने गरेको राईले बताए ।

किराँत समुदायको मौलिक खानाको परिकार खाने र आफन्त जनमा भेटघाट अनि नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने गरेको राईले बताए । किराँतीहरुको मौलिक खानको रुपमा कोदोको ढिडो, सँुगुरको मासु, गुन्द्रुकको अचार, कादोको जाँड रहेको राईले बताए ।

नेपालमा अहिले करिब एक सय २५ भाषा बोल्ने जातजातीहरुको बसोबास रहेको छ । त्यस मध्ये पनि किराँत समुदाय एउटा छुट्टै पहिचानबो केको समुदाय भएकोले विश्वमा छरिएर रहेका सवै किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्ष मनाउने गरेको छ ।

बहुल जाती बहुल भाषी र बहुल सस्कार, सस्कृती अनि छुट्टै पहिचान बोकेका जात जातीहरुको संगम थलो नेपाल भएकाले विभिन्न चाड पर्व मनउदै आएको छ ।