Thursday, May 7News That Matters

यसपटक पृथकढंगले संविधान दिवस मनाउने तयारी

उदयपुर, भदौ ३१ गते । 

यसवर्षको संविधान दिवस उदयपुरमा पृथकढंगले मनाउने तयारी भईरहेको छ । २०७२ साल असोज ३ गते जारी संविधानलाई आत्मसाथ गर्दै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हाँसिल गर्न सकारात्मक सन्देश प्रभावका लागि पृथकढंगले मनाउन लागिएको संविधान दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवम् जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारले बताए ।

“संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाऔं, घरघरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अबसरमा असोज २ गतेदेखि नै विविध कार्यक्रम तय भएको छ । असोज २ मा जिल्लास्थित सरकारी कार्यालयहरुले कार्यालय परिसर र आम नागरिकहरुले आ आप्mना घरमा सरसफाई तथा दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिता गर्ने, संविधान, राज्यको पुनः संरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता गर्ने, लेखरचना पत्रपत्रिकामा प्रकाशन गर्ने रहेको छ ।

त्यस्तै ३ गते नेपाली सेनाद्वारा विगुल बजाउने, सहितको सम्झनामा पाठपूजा र प्रार्थना कार्यक्रम गर्ने, राष्ट्रिय झण्डासहित गाईघाट बजारमा प्रभातफेरी गरी भगवती मन्दिर परिसरको श्रमिक पार्कमा सभा गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सोही दिन विपन्न र विपदमा परेका नागरिकको सहयोगार्थ कपडा बैंकको उद्घाटन गर्ने र साँझमा नेपालको नक्शा बनाइ संविधान दिवस २०७६ लेखि लोकतान्त्रिक पिपलचौकमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।

असोज ४ गते जिल्ला समन्वय समितिको सभाहलमा रक्तदान कार्यक्रम गर्ने र जिसस परिषर र कारागारमा विभिन्न प्रजातीका फलफुलका विरुवा रोप्ने कार्यक्रम रहेका छन् ।

दिवसको अवसरमा हुने सम्पूर्ण कार्यक्रममा सम्पूर्ण कर्मचारी, नागरिकहरुको सक्रिय सहभागिता रहन आव्हान गरिएको जिसस प्रमुख परियारले बताए ।

विगतमा सामान्य कार्यक्रम गरेर मनाइने दिवसलाई यसपटक विशेष महत्व र प्रभावकारी गतिविधिका साथ मनाउने तयारी भएको उनले बताए ।