Friday, July 17News That Matters

यही माघ ११ गते मुख्यमन्त्री शेरधन राईको विवाह हुँदै

पूर्णपुष्टि, माघ ४

१ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको विवाह हुने भएको छ । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका हुन् । आफु भन्दा करिब २५ बर्ष कान्छी रहेकी ज्याङमु संग राईले बिहे गर्न लागेका छन् ।

भोजपुरको आमचोक गाउँपालिका(३ मा वुवा जागीरमान राई र आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो ।

उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले स्रोतले बताएका छन् । मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मुको पुख्र्यौली घर संखुवासभा हो ।

ज्याङमु  हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन् ।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ ।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन् ।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन् ।