
पूर्णपुष्टि, जेष्ठ १५
बङ्गालको खाडीमा विकासित यास चक्रवातको प्रभावले नेपालमा पनि मौसमलाई प्रभाव पार्दा शनिवार सम्म भारी बर्षा हुने मौसमविद्धहरुले जनाएका थिए ।
तर यास चक्रवातको प्रभाव कम्जोर भए सँगै नेपालमा शनिवार बाटै मौसममा सुधार देखिएको छ । चक्रवातको प्रभाव कमजोर बनेर गएसँगै पाँच दिनपछि मौसममा केही सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि अघिल्ला दिनहरुजस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको उनको भनाइ छ ।
तीव्र वेगको हावा पनि नचल्ने र सामान्य वर्षा हुने सम्भावना भने कायमै रहेको कँडेलले बताइन् । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रिमनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
