
कात्तिक १७ गते ।
इटालियन सिरिएको एघारौँ चरणको खेलमा युभेन्टस र ईन्टरमिलनले जित निकालेको छ । घरेलु टोली टोरिनोलाई १–० ले पछि पार्दै जित निकालेको हो भने ईन्टरमिलानले बोलोग्नालाई २–१ ले पछिपार्दै जित हात पारेको हो ।
युभेन्टसको माथियास डि लाइटले ७० औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जितसँगै युभेन्टसलले ११ खेलबाट २९ अंक बनाएको छ । त्यस्तै ईन्टरमिलानको लुकाकुले ७५ औँ मिनटमा कर्नरबाट गोल गरेको थियो । भने इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई लुकाकुले नै गोल गर्दै इन्टरमिलानालाई जित दिलाएको थियो । यो जितसँगै इन्टरमिलानले २८ अंक बनाएको छ ।
नापोलीलाई हराउँदै रोमा पनि तेस्रो स्थानमा उक्लिएको छ । आफ्नो मैदानमा रोमाले नापोलीलाई २–१ ले हरायो । रोमाले २२ अंक जोडेको छ ।
