
पूर्णपुष्टि, भदौ १
युरोपा लिग फुटबलको फाइनलमा सेभिल्ला प्रवेश गरेको छ । गतराति भएको खेलमा म्यान्चेष्टर युनाइटेडलाई २–१ गोलले पछि पार्दै सेभिल्ला फाइनलमा प्रवेश गरेको हो ।
खेलको २६ औँ मिनटमा सेभिल्लाका फर्नान्डेज सुसोले गोल गरेको थियो । पहिलो हाफ बराबरी भए पनि खेलको ७८ औं मिनेटमा डी जोङले गोल गरेपछि सेभिल्ला लिगको फाईनलमा प्रवेश गरेको थियो ।
अब म्यान्चेष्टर युनाइटेडको यस सिजनको ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । सेभिल्लाले उपाधिका लागि अब सख्तर डोनेस्क र इन्टर मिलानबीचको विजेतासँग खेल्नेछ ।
